Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

४ वर्षअघिको कुरामा पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनु पर्‍यो: ओली

४ वर्षअघिको कुरामा पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनु पर्‍यो: ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०८० शनिवार • १८:५३:४० बजे
  • 607
    SHARES
  • ४ वर्षअघिको कुरामा पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनु पर्‍यो: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न ओली सिंहदरबार पुगेका थिए ।

    images

    यसअघि रायमाझी भागेर कतै गइहाल्ने मान्छे नभएको बताउने ओलीले शनिबार भने रायमाझी सम्पर्कमा नभएको स्वीकार गरे । उनले भनेका थिए, ‘अहिलेको सिटिङ एमपी भागेर कतै जाने खालको कुरा त होइन ।’

    भेटपछि सञ्चारकर्मीहरूको प्रश्नमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीको अवस्थाबारे आफू अनभिज्ञ रहेको बताए । उनले भने, ‘मेरो सम्पर्कमा हुनुहुन्न । तपाईंहरु नै बताइदिनुस् ।’

    अपराधीलाई जोगाउन लाग्नुभएको हो भन्ने प्रश्नमा ओलीले केहीले यस्तो गलत हल्ला चलाएको स्पष्टीकरण दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीसँग अध्यक्ष ओलीको यो दोस्रो भेट हो ।

    गत बिहीबार पनि दुई नेताबीच यसै विषयमा छलफल भएको थियो । भेटपछि ओलीले निर्दोषलाई फसाउन खोजे नसहने चेतावनी दिएका थिए ।

    ४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले ‘एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्ने अवस्था आयो ?’ भन्दै प्रश्न समेत गरेका थिए । ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिएका थिए ।

  • सम्बन्धित विषय:

  • # ४ वर्षअघिको कुरामा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology