Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नक्कली शरणार्थी प्रकरणमा संलग्न दोषी कोही बच्दैन, निर्दोष पर्दैन : प्रधानमन्त्री

नक्कली शरणार्थी प्रकरणमा संलग्न दोषी कोही बच्दैन, निर्दोष पर्दैन : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०८० आइतवार • २०:२४:५१ बजे
  • 757
    SHARES
  • नक्कली शरणार्थी प्रकरणमा संलग्न दोषी कोही बच्दैन, निर्दोष पर्दैन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि बच्न नसक्ने बताएका छन् ।

    images

    आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही बच्न नसक्ने र निर्दोष कोही पनि नपर्ने बताएका हुन् ।

    उनले संसदमा यस प्रकरणमा भएको बहसले सरकारको मनोबल बढाउने काम भएको जिकिर गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कुनै दवाव दिएर केहि नहुने स्पष्ट पारे ।

    त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडाईका साथ कारवाही गर्न प्रधानमन्त्रीलाई भनेको बताए ।

    प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने काम नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको उनले बताए । उनले एमाले नेता टोपबहादुर रायमाझी एमालेको स्म्पर्कमा नरहेको जिकिर गरे ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology