Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु

केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २५, २०८० सोमवार • १०:०१:३९ बजे
  • 457
    SHARES
  • केरलामा डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु

    भारतको केरलामा पर्यटक सवार डुंगा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

    images

    आइतबार साँझ मलप्पुरम जिल्लाको तनूर नजिक उक्त डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुने अधिकांश बालबालिका तथा महिला रहेका छन् ।

    २५ जनाको क्षमता भएको डुंगामा ५० बढी हाराहारीमा पर्यटक सवार रहेको बताइएको छ । दुर्घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    डुंगामा क्षमताभन्दा बढी यात्रु सवार रहेकाले डुबेको अनुमान रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology