Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्षमा टेक बहादुर विश्वकर्मा निर्वाचित

नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्षमा टेक बहादुर विश्वकर्मा निर्वाचित

चन्द्र गाेतामे

चन्द्र गाेतामे

बैशाख २५, २०८० सोमवार • २०:४७:३४ बजे
  • 1.3K
    SHARES
  • नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्षमा टेक बहादुर विश्वकर्मा निर्वाचित

    नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको छैटौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय उपाध्यक्ष पदमा म्याग्दीका टेक बहादुर बिश्वकर्मा निर्वाचित भएका छन । 

    images

    नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिब तथा नेपाल दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका म्याग्दीका टेक बहादुर बिश्वकर्मा केन्द्रीय उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन । जनयुद्ध देखि नै सक्रिय राजनीतिमा लागेका टेकबहादुर विश्वकर्मा गण्डकी प्रदेशमा दलित समुदायको लोकप्रिय नेता मानिन्छन् ।

    काठमाडौंमा वैशाख २३  गते देखि सुरु भएको नेपाल दलित मुक्ति मोर्चाको छैटौ राष्ट्रिय सम्मेलन 'छुवाछूत तथा विभेदको अन्त्य समाजवादका लागि दलित आन्दोलन र संविधान कार्यान्वयन गर्दै विशेषाधिकार प्राप्ति' नारा सहित सम्पन्न भएको छ । 

    सम्मेलनको लागि देशभरबाट प्रतिनिधि उपस्थित भएका थिए । सम्मेलनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' र अन्य केन्द्रीय नेताहरू समेत सहभागी भएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology