Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज एमालेले टोपबहादुरलाई कारबाही गर्ला ?

आज एमालेले टोपबहादुरलाई कारबाही गर्ला ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०८० मंगलवार • १२:२६:५६ बजे
  • 472
    SHARES
  • आज एमालेले टोपबहादुरलाई कारबाही गर्ला ?

    नेकपा एमालेका केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

    images

    दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकले वैशाख २८ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने छ । त्यसबाहेक बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीबारे छलफल हुने भएको छ ।

    एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सचिवालय बैठकमा पछिल्लो विकसित घटनाक्रमका बारेमा पनि छलफल हुने जानकारी दिए ।

    रायमाझिमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम ठगी गरेको आरोप लागेको छ ।

    गत बुधबार अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छन् । पुर्जी जारी भएपछि पनि रायमाझी पक्राउ नपरेको भन्दै आलोचना भइरहेको छ ।

    यता नेकपा एमालेकै कतिपय नेता कार्यकर्ताले समेत रायमाझीले अदालत उपस्थित भएर अनुसन्धानमा सहयोग गर्नुपर्नेमा फरार भएर अपराध स्वीकार गरेको भन्दै उनलाई पार्टीले निलम्बन गर्नुपर्ने दवाव एमाले नेतृत्वलाई दिन थालेका छन् ।

  • सम्बन्धित विषय:

  • # कारबाही गर्ला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology