Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आरजु राणलाई तोसिमाको प्रश्न- भ्रष्टाचारमा लिङ्ग जोडिन्छ ?

आरजु राणलाई तोसिमाको प्रश्न- भ्रष्टाचारमा लिङ्ग जोडिन्छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०८० मंगलवार • १३:०७:०२ बजे
  • 538
    SHARES
  • आरजु राणलाई तोसिमाको प्रश्न- भ्रष्टाचारमा लिङ्ग जोडिन्छ ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्कीले भ्रष्टाचारमा लिङ्ग नजोडिने बताएकी छन्।

    images

    आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद डा. कार्कीले नेपाली कांग्रेसका सांसद् डा.आरजु राण देउवातर्फ इंकीत गर्दै भ्रष्टाचारको छानविन गर्दा महिला हिंसाको कुरा कसरी जोडियो ? भन्दै प्रश्न गरेका हुन् ।

    डा. देउवाले केही दिन अगाडिकाे संसद बैठकमा भुटानी शरणार्थी प्रकरणको टेप काण्डको अनुसन्धान गर्न माग गर्दा महिला हिंसा भएकाे भन्दै गुनासो गरेका थिए ।

    सांसद कार्कीले भने, ‘एक महिला माननीयज्यूले भन्नुभयो टेप काण्डको अनुसन्धान माग गर्दा महिला बिद्रोही भयो, महिला हिंसा भयो। मलाई उत्तर दिनुपर्यो। भ्रष्टाचारमा कहाँ लिङ्ग जोडिएको हुन्छ ?, भ्रष्टाचारीमात्र होइन यहाँ चिनारी फेरिएर राष्ट्रघात भएको छ। अपराध भएको छ र कारबाही हुनुपर्छ,’ उनले भने ।

    साथै उनले भुटानी शरणार्थी प्रकरणका दोषिलाई पक्राउ पुर्जी जारी गर्दा समेत जोगाउन खोजिएको बताउँदै काण्ड गरेर देश डुबाउने अनि के मुखले अनुदान माग्न जानेरु भन्दै प्रश्न गरेका हुन्। उनले सबै सांसदहरूको सम्पति विरवरण वेवसाइटमा सार्वजनिक गर्नुपर्ने माग समेत गरेका छन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology