Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु देशका लागि गद्दारी:रावल

नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु देशका लागि गद्दारी:रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०८० मंगलवार • १९:४१:२९ बजे
  • 307
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु देशका लागि गद्दारी:रावल

    नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणलाई दबाउनु भनेको देशका लागि ठूलो गद्दारी भएको बताएका छन् ।

    images

    मंगलबार काठमाडौँमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले पछिल्लो समय भुटानी शरणार्थी प्रकरण दबाउने प्रयास भइरहेको भन्दै मुद्दा कमजोर बनाउने कुचेष्टा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिए ।

    उनले तत्कालीन गृहमन्त्री, उपप्रधानमन्त्रीहरु नै यस्ता धन्दामा लाग्ने हो भने देश विकास कसरी हुन्छ ? भन्दै प्रश्न गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभई मानव बेचबिखन र राष्ट्र विरोधी कुकृत्य भएको बताए ।

    उनले नक्कली भुटानी शरणार्थी मुद्दालाई पनि कमजोर बनाउन प्रहरीलाई दबाब दिने काम भइरहेको भन्दै अपराधलाई लुकाउनु देशका लागि ठूलो गद्दारी भएको बताए । नेता रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुलाई सत्य कुराको खण्डनमा उत्रिन चुनौती दिए ।

    उनले सभापति लामिछानेले गृहमन्त्री रहँदा निजी कम्पनीलाई सम्पूर्ण विवरण हेर्ने अधिकार दिएको विरोध गरे । उनले दुई वटा देशका नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बनेको हो ? भन्दै प्रश्न गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology