Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेले गरेन टोपबहादुर रायमाझीलाई कारबाही

एमालेले गरेन टोपबहादुर रायमाझीलाई कारबाही

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २६, २०८० मंगलवार • १९:४३:३० बजे
  • 583
    SHARES
  • एमालेले गरेन टोपबहादुर रायमाझीलाई कारबाही

    नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पार्टी सचिव टोपबहादुर रायमाझीले कानुन अनुसार अनुसन्धानमा सघाउनुपर्ने निर्णय गरेको छ ।

    images

    मङ्गलवार बसेको पार्टी सचिवालय बैठकले सचिव रायमाझीले विधि र कानुनसम्मत घटनालाई अनुसन्धान गर्न सघाउनुपर्ने निर्णय गरेको हो ।

    एमालेले नेता रायमाझीलाई कारबाही गर्ने अनुमान गरिए पनि उनी अहिले नै दोषी देखिई नसकेकाले कारबाही गर्नबाट भने पछि हटेको छ ।

    ‘एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । यस सन्दर्भमा सचिव टोपबहादुर रायमाझीले विधिपूर्वक कानुनसम्मत सघाउनुपर्छ भन्ने छ’, पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।

    रायमाझीलाई कारबाहीबारे पत्रकारले सोधेको प्रश्नमा गुरुङले प्रतिप्रश्न गर्दै भने, ‘अनुसन्धान निष्कर्षमा पुगिसकेको छ र ? दोषी ठहर भइसकेको होर ? अहिले त अनुसन्धानको प्रारम्भमात्रै छ । यस्ता कुरामा हतार गरेर हुँदैन ।’

  • सम्बन्धित विषय:

  • # रायमाझीलाई कारबाही
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology