Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

२४.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

२४.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २७, २०८० बुधवार • १४:५४:२८ बजे
  • 520
    SHARES
  • २४.२ प्रतिशतले बढ्यो रेमिट्यान्स

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार विप्रेषण आप्रवाह ( रेमिट्यान्स) २४.२ प्रतिशतले बढेको छ ।

    images

    समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भई ९०३ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार रेमिट्यान्स २४.२ प्रतिशतले बढेको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ ।

    वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९ सय ५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०।२ प्रतिशतले घटेको थियो ।

    ९ महिनाको अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ९६ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।

  • सम्बन्धित विषय:

  • # बढ्यो रेमिट्यान्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology