Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ : गगन थापा

शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २७, २०८० बुधवार • १४:५८:०१ बजे
  • 829
    SHARES
  • शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

    images

    प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वबजेटमाथिको छलफलका क्रममा थापाले सरकारले अघि सारकोे सुशासनको बिषय सकारात्मक भएको भन्दै नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सवैलाई कडा कारबाही हुनुपर्ने बताएका हुन् ।

    उनले बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित हुन हुने धारणा राखे । उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेके सुशासनको नारा लगाउन सक्ने बताए ।

    मुलुकका कतिपय नीतिहरुका कारण मुलुकको अर्थतन्त्र कमजोर भएको भन्दै अगाामी बजेटमा यसलाई बिशेष ध्यान दिनुपर्ने उनले बताए । त्यस्तै, नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा एमालेले सहयोग गर्ने बताए ।

    छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरु कोही नछुट्ने र निर्दोष व्यक्ति नफस्ने गरि काम गर्नुपर्ने उहाको भनाइ छ ।

    उहाले टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको जानकारी दिए । नेता गुरुङले जनतामा आत्मविश्वास बढाउने गरि बजेट आउनुपर्ने सुझाव दिए ।

  • सम्बन्धित विषय:

  • # गगन थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology