पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि ४ दिन थुनामा अदालतले अनुमति दिएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएपछि पूर्वगृहमन्त्री खाँडलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनलाई जिल्ला अदालत काठमाडौं लगिएको थियो ।
खाँडलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको हो ।