Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो : पर्यटनमन्त्री

नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो : पर्यटनमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २७, २०८० बुधवार • १९:२७:५३ बजे
  • 988
    SHARES
  • नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो : पर्यटनमन्त्री

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नक्कली भूटानी शरणार्थी प्रकरणकै कारण सरकार नढल्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले नक्कली भूटानी शरणार्थी प्रकरणका कारण सरकार नढल्ने बताएका हुन् ।

    images

    सरकारले भ्रष्टाचारबिरुद्धको अभियान सुरु गरेको बताउँदै यो अभियान नरोकिने समेत उनले बताए । मन्त्री किराती भ्रष्टाचारबिरुद्धको अभियानलाई पूर्णविराम लगाउनेउपर प्रश्न उठ्ने बताउँदै भने, ‘सरकारले दूधको दूध पानीको पानी भएर आफ्नो भुमिका देखाउने छ । भ्रष्टाचार विरुद्धको अभियानबाट भागेर सरकार ढाल्नु सम्भव छैन ।’

    उनले भ्रष्टाचार बिरुद्धको अभियान राज्यले सुरु गरेको बताउँदै भने, ‘आजको नेपाली जनताको शत्रु भनेको भ्रष्टाचार र गरिबी हो । मलाई लाग्छ, यो अभियान रोकिँदैन र रोकिनु हुँदैन । भ्रष्टाचार विरुद्धको यो अभियान रोकेर रोकिँदैन ।

    जसले पूर्णविराम लगाउँछ, त्योमाथि पनि प्रश्न उठ्छ ।’ मन्त्री किरातीले यो सरकारले भ्रष्टाचारको बिरुद्धमा जेहाद छेडेर जाने बताउँदै भने, ‘जनताले राम्रो विवेकको तराजुले जोखेर राखेको हुन्छ । त्यसैले जो यो अभियानबाट भागेर सरकार ढाल्ने कुरा गर्छ, त्यो सम्भव छैन । मलाई लाग्छ सरकार ढल्दै ढल्दैन ।’

  • सम्बन्धित विषय:

  • # पर्यटनमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology