Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इमरान खानलाई ८ दिन हिरासतमा राख्न अनुमति

इमरान खानलाई ८ दिन हिरासतमा राख्न अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०८० बिहिवार • १०:४९:५७ बजे
  • 559
    SHARES
  • इमरान खानलाई ८ दिन हिरासतमा राख्न अनुमति

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    images

    भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी (एनएबी)ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा अदालतले आठ दिन अनुमति दिएको हो ।

    नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) का डेपुटी प्रोसिक्युटर जनरल सरदार मुजफ्फर अब्बासी र विशेष अभियोजक रफिक मसुद पनि अदालतमा उपस्थित थिए ।

    अदालतमा एनएबीको तर्फबाट सरकारी वकिल सरदार जुल्कारनैन र अनुसन्धान अधिकृत मियाँ ओमर नदिमले प्रतिनिधित्व गरेका थिए । खान नियमित सुनुवाइका लागि अदालत उपस्थित हुने क्रममा मंगलबार अदालत परिसरबाटै पक्राउ परेका थिए ।

    उनलाई प्रहरी प्रधान कार्यालयको विशेष अदालतमा बन्द ढोकामा हाजिर गर्नुअघि राति अज्ञात स्थानमा लगिएको थियो । आफूलाई हिरासतमा यातना दिइएको र वासरुम प्रयोग गर्नसमेत नदिइएको खानले अदालतमा बताएका थिए ।

    पाकिस्तानका अर्धसैनिक बलले खानलाई गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा खानका समर्थक र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।

  • सम्बन्धित विषय:

  • # हिरासतमा राख्न अनुमति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology