Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विदेशी लगानी भित्र्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

विदेशी लगानी भित्र्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०८० शुक्रवार • १३:२६:५२ बजे
  • 526
    SHARES
  • विदेशी लगानी भित्र्याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विदेशी लगानी भित्र्याउन प्रतिवद्ध रहेको बताएका छन् ।

    images

    शुक्रबार लगानी बोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

    उनले नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको धारणा पनि राखे ।

    लगानीको वातावरण बनाउनका लागि नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्था सुधार गर्न पहल गरिसकेको उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology