Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अब ठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्छ : मन्त्री किराती

अब ठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्छ : मन्त्री किराती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०८० शनिवार • १८:४२:४८ बजे
  • 667
    SHARES
  • अब ठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्छ : मन्त्री किराती

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देश र जनतामाथि गद्धार गर्नेहरूलाई जेलमा हाल्नुपर्ने बताएका छन् ।

    images

    शनिबार काठमाडौंमा बाहिङ किरात मुलुखिमद्वारा आयोजित कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको बताए ।

    नेपालीलाई सुख, नेपालको विकास र समृद्धि होस् भनेर लोकतन्त्र ल्याएको भन्दै मन्त्री किरातीले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको टिप्पणी गरे ।

    मन्त्रीले किरातीले अब ढिलो नगरी ठूलाठूला भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्ने बताए । हिजो देशको गृह प्रशासन चलाउनेहरू नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा रहेको उनले बताए ।

    अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले यसको अन्त्य हुनुपर्ने उनले उल्लेख गरे । कार्यक्रममा मन्त्री किरातीले बाहिङ–नेपाली–अंग्रेजी शब्दकोषको विमोचन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मन्त्री किराती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology