Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

 नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा ,तत्कालिन ओली सरकार नै शंकाको घेरामा

 नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा ,तत्कालिन ओली सरकार नै शंकाको घेरामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०८० सोमवार • १०:२०:०५ बजे
  • 1.4K
    SHARES
  •  नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा ,तत्कालिन ओली सरकार नै शंकाको घेरामा

     नेपालीलाई अनागरिक बनाउने गम्भीर आरोपमा उच्च राजनीतिज्ञ र प्रशासकीय अधिकारी धमाधम पक्राउ पर्दैछन् ।

    images

    पूर्वउपप्रधानदेखि पूर्वगृहमन्त्री, बहालवाला सचिव र सुरक्षा सल्लहकार नै पक्राउ परेपछि यस प्रकरणले यतिबेला नेपालको छवि विश्वमञ्चमा धुमिल भएको छ ।

    नेपाली नागरिकलाई शरणार्थी बनाई अमेरिका पठाउने भन्दै करोडौं लेनदेख गरेको आरोपमा आइतबार साँझ पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।


    त्यस्तै कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र बहालवाला सचिव टेकनारायण पाण्डेसहित १२ जना यसअघि नै पक्राउ परिसकेका छन् ।

    पक्राउ परेकामध्ये रायमाझी सबैभन्दा माथिल्लो ‘ओहदा’ का नेता हुन् । चार पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री, माओवादी संसदीय दलको उपनेता तथा माओवादी र एमालेको सचिव हुँदै उकालो चढिरहेका उनले यस प्रकरणमा छोरालाई समेत मतियारका रूपमा प्रयोग गरेको पाइएको छ ।

    नागरिकलाई ठगी गरेको प्रमाणका आधारमा उच्चपदस्थहरु नै धमाधम पक्राउ पर्नुले विचौलियाबीचको कनेक्सन सतहमा छताछुल्ल भएको हो ।

    नेताका श्रीमती र छोराहरूसमेत यस प्रकरणमा जोडिएका छन् । पूर्वगृहमन्त्री रामहादुर थापा बादलका छोरा प्रतीक थापा, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा, बालकृष्ण खाँण पत्नी मञ्जु खाँण पनि यस प्रकरणमा मुछिएका छन् ।

    शरणार्थी काण्डले अहिले नेपालको राजनीति नै तरंगित भएको छ । दलका उच्च नेता र तीनका अन्य सम्बन्धका बारेमा प्रहरीले सूक्ष्म रूपले अध्ययन गरिरहेकाले उच्च तहसम्म पुग्न सक्ने प्रहरीका उच्च अधिकारीहरु बताउँछन् ।

    एमालेका रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई र बहालवाला सचिव पाण्डे पक्राउ परेपछि यस प्रकरणमा एकतर्फी पाटो खुल्दै गएको छ । रायमाझी २०७४ को निर्वाचनपछि ३ फागुनमा बनेको ओली सरकारका वरिष्ठ मन्त्री थिए ।

    तेस्रो मुलुकमा पुनर्वासका लागि छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार, २०७६ मा गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । तर, काम नसकिँदै शासक र प्रशासकको मिलिभगतमा उक्त प्रतिवेदन विचौलियाको हातमा परेको थियो ।

    राजनीति संरक्षण प्राप्त गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका प्रतिव्यक्ति १० देखि ५० लाखसम्म रकम उठाएको प्रहरीले जनाएको छ ।

    सन् २००७ देखि सुरु भएको पुनर्वास प्रक्रिया सन् २०१६ मा स्थगित भएको अवस्थामा कार्यदल बनाउने तत्कालीन ओली सरकार शंकाको घेरामा परेको छ ।

    यसबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको वैशाख (२८–३०)सम्म बसेको केन्द्रीय समिति बैठकमा मुख खोलेका छन् । यस सम्बन्धमा आफूलाई धेरै थाहा भएको जिकिर गर्दै जेठ ४ गते बस्ने संसद बैठकमा खुलासा गर्ने बताएका छन् ।

    बारम्बार प्रधानमन्त्रीलाई भेटेका ओलीले रायमाझीको संलग्नताबारे भने अनविज्ञता प्रकट गर्दै आएका छन् । रायमाझी बचाउको विषयमा ओलीले दिएको सार्वजनिक अभिव्यक्तिले शंकाको सुई उनीमाथि पनि सोझिएको विश्लेषक डा. सूर्यराज आचार्य बताउँछन् । ओली सरकारकै पालामा कार्यदल बनेकाले यसको नैतिक, राजनीति र कानुनी जिम्मेवारी लिनुपर्ने उनले तर्क गरे ।

    ‘संसदीय प्रणालीमा मन्त्रिपरिषदबाट भएका कुनै पनि विषयमा प्रधानमन्त्री उम्किन मिल्दैन । मन्त्रिपरिषदमा मन्त्रालयबाट गएको प्रस्ताव भएपनि प्रधानमन्त्रीले पास भयो भनेपछि अल्पमत वा बहुमत भन्ने हुँदैन । त्यसैले त्यसको राजनीति, कानुनी र नैतीक जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ,’ आचार्यले भने ।

    ओली सरकारकै पालामा गृहका सहसचिव पन्थीको नेतृत्वमा कार्यदल बनेको थियो । अहिले उनकै पालाका वरिष्ठ मन्त्रीहरू र तीनका छोरासमेत विवादमा तानिएका छन् । त्यसैले ओली सरकारको भूमिका शंकास्पद देखिने जानकारहरु बताउँछन् ।

    ०५१ मा गृहमन्त्री भएका ओली २०६४ को पुर्नस्थापित सरकारका परराष्ट्रमन्त्री थिए । नयाँ सविंधान जारी भएपछि ३ असोेज, २०७२ मा नयाँ संविधान जारी भएपछि २५ असोज, २०७२ देखि २० साउन, २०७३ सम्म उनी पहिलो पटक प्रधानमन्त्री थिए ।

    दोस्रोपटक ३ फागुन, २०७४ देखि २९ असार, २०७८ सम्म प्रधानमन्त्री थिए । यसैगरी नेपालमा रहेका भुटानी शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा नै सम्पन्न भइसकेको छ । र त्यो फेरि सञ्चालन नहुने संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी उच्चआयोग (यूएनएचसीआर)ले जानकारी दिइसकेको छ ।

    यूएनएचसीआरले त्यसबेला नेपालबाट एक लाख १३ हजारभन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठवटा देशमा पुनर्वासको लागि सहजीकरण गरेको थियो ।

    सन् २०१६ सम्म एक लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत तेस्रो देश पुनर्वास भइसकेका छन् । सन् २०२० मा नेपालस्थित कार्यालय नै बन्द गरी बाँकी रहेका शरणार्थीहरूको जिम्मा नेपाल सरकरालाई दिइएको अवस्थामा पन्थी कार्यदल गठन गर्नु शंकाको घेरामा परेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology