Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छोरा पक्राउ परेपछि मन बिग्रियो अनि भागेँ :टोपबहादुर

छोरा पक्राउ परेपछि मन बिग्रियो अनि भागेँ :टोपबहादुर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०८० सोमवार • १०:२२:२८ बजे
  • 586
    SHARES
  • छोरा पक्राउ परेपछि मन बिग्रियो अनि भागेँ :टोपबहादुर

    नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नता देखिएका पूर्वउपप्रधानमन्त्री एवम् एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

    images

    बुढानिलकण्ठबाट पक्राउ परेका रायमाझीलाई आइतबारै साँझ जिल्ला प्रहरी परिसर टेकु लगिएको थियो ।

    जहाँ परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले उनलाई सोधे, ‘आउँछु भनेर किन भाग्नुभएको ?’ रायमाझीको जवाफ थियो, ‘आउँछु नै भन्ने थियो, छोरा पक्राउ परेपछि मन बिग्रियो, अनि भागेँ ।’

    परिसरका एक अधिकृतका अनुसार रायमाझी हतास देखिएका छैनन् । पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि गत २० वैशाखमा आफैँ प्रहरीमा उपस्थित हुने बताएका रायमाझी भोलिपल्टदेखि फरार भएका थिए ।

    उनलाई खोज्न प्रहरीको पुरै शक्ति परिचालित थियो । ११ दिनपछि पक्राउ परेका रायमाझीलाई प्रहरीले लैनचौर वृतमा राखेको छ ।

    काठमाडौं प्रहरी परिसरमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र टोपबहादुरका छोरा सन्दीपलाई राखिएकाले प्रहरीसँग अन्य युनिटको हिरासतमा राख्नुपर्ने अवस्था आएको प्रहरी स्रोतले जानकारी दियो ।

  • सम्बन्धित विषय:

  • # टोपबहादुर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology