Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आरजु राणालाई प्रहरीले नपत्याएपछि…

आरजु राणालाई प्रहरीले नपत्याएपछि…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १, २०८० सोमवार • १५:०४:४५ बजे
  • 511
    SHARES
  • आरजु राणालाई प्रहरीले नपत्याएपछि…

    नेपाली कांग्रेसका सांसद आरजु राणा देउवाले आफूलाई प्रहरीले नपत्याएको भन्दै गुनासो गरेका छन् ।

    images

    आज (सोमबार) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले आफूले ‘फेक’ अडियोबारे उजुरी दिँदा प्रहरीले दर्ता गर्न नमानेको र अलमल गरेको भन्दै गुनासो गरेका हुन् । उनले भने, ‘ मैले ६ दिन अगाडि मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रकरणमा संलग्नता भनेर बनाइएको फेक अडियो फोरेन्सिक टेस्ट लागि सीपीआई र साइबर क्राइम ब्युरोमा दिएको थिए ।

    दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरूले विश्वास गर्नुहुन्न होला सत्ता पक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । तर, उजुरी दर्ता गराउन तीन घण्टा लाग्यो । त्यसको पनि म जवाफ माग्न चाहन्छ । किन दर्ता गर्न अलमल थियो ?’ उनले ‘फेक’ अडियोबारे गृहमन्त्रीलाई प्रश्न पनि गरे ।

    ‘६ दिन हुँदा पनि यो फेक हो कि होइन भनेर किन पत्ता लाग्न सकेको छैन ?’ उनले भने, ‘म त झनै आतुर छु, फेक अडियो मेरो मात्रै बनेको पनि होइन ।

    अरु अरुको पनि बनेको छ । तर नाम मेरो मात्रै उच्चारण किन हुन्छ ?’ सांसद आरजुले यो प्रकरणमा आफ्नो नाम जोडेर संचारमाध्यमहरुले आफ्नो चरित्र हत्या गरेको समेत बताए । उनले भने, ‘यस प्रकरणमा मेरो नाम जोडेर मेरो चरित्र हत्या गरिएको छ ।’ उनले त्यो टेपबारे सरकार सत्यासत्य चाँडै उजागर गर्नुपर्ने बताए ।

    उनले भने, ‘सरकारले यो टेपबारे चाँडै सत्यतथ्य उजागर गरोस् र को दोषी हुन् को चाहिँ होइन त्यो प्रस्ट आउनुपर्छ ।’ उनले यहाँ फेक न्यूज र फेक मिडियाको पराकाष्ठा भएको बताए ।

    यसको सरकारको सुपरभिजन हुनपर्ने उनले बताए । सांसद आरजुले नक्कली भुटानी शरणार्थी काण्ड देशका लागि सबैभन्दा लज्जास्पद काण्ड भएको समेत बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology