Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिने छैन : रावल

दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिने छैन : रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २, २०८० मंगलवार • ११:११:१७ बजे
  • 706
    SHARES
  • दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिने छैन : रावल

    नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नरहेका व्यक्तिलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने बताएका छन्।

    images

    उच्च राजनीतिक तहबाट दोषी जोगाउन षडयन्त्र भइरहेको समाचार प्रकाशित भएपछि प्रतिक्रिया जनाउँदै उनले यस्तो बताएका हुन् ।

    नेता रावलले सामाजिक संञ्जालमा स्टाटस पोष्ट गर्दै नेपाली नागरिकलाइ अनागरिम बनाइ ठगी गर्ने अपराध मात्र नभइ देश द्रोह जस्तो महाअपराधलाई जोगाउन खोजे देश र जनताप्रतिको गद्दारी, शहीदहरुको रगतको अपमान, संविधान, कानून र शासन प्रणालीको खिल्ली उडाउने अपराधिक कुकर्म ठहरिने बताए ।

    सञ्चारमाध्यममा ठगी कसुरमा मात्रै मुद्दा चलाएर मुद्दा कमजोर पार्न प्रहरीलाई उच्च राजनीतिक दलको दबाबको समाचार प्रकाशित भएपछि उनले त्यसो गर्नु आफैमा अपाराधिक भएको बताए।

    उनले भनेका छन्, ‘राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी,शहीदको रगतको अपमान,संविधान,कानून र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ,इतिहासले माफी दिने छैन।’

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology