Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राप्रपा अध्यक्ष लिङ्देनलाई चोर नेताको पछि लागेको भनेपछि.....

राप्रपा अध्यक्ष लिङ्देनलाई चोर नेताको पछि लागेको भनेपछि.....

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २, २०८० मंगलवार • १४:०३:५१ बजे
  • 538
    SHARES
  • राप्रपा अध्यक्ष लिङ्देनलाई  चोर नेताको पछि लागेको भनेपछि.....

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठकमा भनाभन भएपछि केहीबेर बैठकको माहोल बिथोलिएको छ । बैठकमा आफ्नो धारणा राख्ने क्रममा एक केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले यसअघि भनेको ‘चोर नेता’कै पछि लागेको आरोप लगाएपछि बैठकको माहोल बिथोलिएको हो ।

    images

    धुम्बाराहीमा सोमबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्नेक्रममा केन्द्रीय सदस्य किशोर कार्कीले अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाउँदै आलोचनात्मक धारणा राखेका थिए । पार्टीमा विधि कायम हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ थियो । तर, धारणा राख्ने क्रममा अध्यक्ष लिङ्देनल मनपरी बोल्दा अनुशासनको कारबाही गर्ने चेतावनी कार्कीलाई दिएपछि बैठकको माहोल बिग्रिएको केन्द्रीय सदस्यले जानकारी दिए ।

    आम निर्वाचनअघि कार्कीको नेतृत्वमा ६३ जना नेताले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीलाई लिएर एक ध्यानाकर्षण पत्र बुझाएका थिए । ३ बुँदे उक्त ध्यानाकर्षण पत्रमा पार्टीका तीन जना नेताको लागि मात्रै किन गठबन्धन गरिएको भनेर प्रश्न गरिएको थियो । यस्तै पार्टीमा योजना दिएका व्यक्तिहरुलाई वरिष्ठताका आधारमा समानुपातिकमा राख्न आग्रह गरिएको थियो । तर, यो विषयमा लिङ्देनले कुनै सम्बोधन नगरेपछि आफूले आजको केन्द्रीय समिति बैठकमा यही विषयसहित पार्टीलाई विधिमा सञ्चालन गर्नुपर्छ भनेर उठाएको कार्कीले बताए ।

    ‘हिजो पार्टी मै नभएका र भर्खर आएका मान्छेहरुलाई कमिटीहरुमा माथिमाथि राखिएको छ । तर, हाम्रो अध्यक्षले कांग्रेसको कार्यक्रममा गएर नेताहरु गाउँघरमा जाँदा को आयो को आयो भन्दा चोर आयो भन्छन् भन्नु भएको थियो । तर, चुनावमा गठबन्धन गर्न तपाईँ त्यही चोर नेताहरुको पछि लाग्नु भएको भनेर मैले प्रश्न गरेको हो’, उनले भने। चुनावमा एमालेलाई भोट नहाले कारबाही गर्छु भनेर सार्वजनिक अभिव्यक्ति दिँदा पार्टीको भोट घटेको समेत उनले बताएका थिए ।

    गठबन्धन नगरिकन चुनावमा गएको भए पार्टीको हैसियत अझै माथि हुने भएपनि नेतृत्वले सही निर्णय लिन नसकेको उनको धारणा थियो । कार्कीले नेतृत्वको आलोचना गरेपछि पार्टीमा भ्रम सिर्जना गर्ने काम भएको भन्दै लिङ्देन जंगिन पुगेका थिए । सो क्रममा लिङ्देनले अनुशासनको कारबाही गर्ने चेतावनी दिएपछि कार्कीले फेरि प्रतिवाद गरेका थए ।

    ‘को को अनुशासनको कारबाही ? पार्टीमा लेख्न बोल्न पनि पाइँदैन ? हामीले तपाईँहरुलाई सच्चिनका लागि ध्यानाकर्षण पत्र बुझाउँदा अनुशासनको कारबाही हुन्छ ?’, कार्कीले प्रतिवाद गरेका थिए । जवाफमा लिङ्देनले आफूलाई तीन बुँदे ध्यानाकर्षणमा प्रयोग भएको आसेपासे शब्दले चित्त दुखेको बताएको बैठकमा सहभागी एक नेताले बताए ।

  • सम्बन्धित विषय:

  • # अध्यक्ष लिङ्देनला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology