Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रेशम चौधरी क्रान्तिकारी हुन् : बाबुराम भट्टराई

रेशम चौधरी क्रान्तिकारी हुन् : बाबुराम भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०८० बुधवार • ०९:५२:१८ बजे
  • 613
    SHARES
  • रेशम चौधरी क्रान्तिकारी हुन् : बाबुराम भट्टराई

    नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारीको संज्ञा दिएका छन् ।

    images

    पूर्व प्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस पोष्ट गर्दै चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्न खोजेको बताउँदै उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन्।

    टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दीपायलको फैसलालाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको थियो। सोमबारे भट्टराईले अदालत र न्यायाधीशले पुराना र विद्यमान कानुन, नजीर, सोँच राखेर अपराधको परिभाषा गर्ने र सोही अनुसार अपराधी मानिएकालाई दण्ड सुनाउने बताउँदै इतिहासमा यस्ता अन्तरविरोध चलिरहने उल्लेख गरेका छन्।

    ‘अदालत र न्यायाधीसले पुरानारविद्यमान कानून,नजीर,सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउॅछन्।

    क्रान्तिकारीले पुरानो र विद्यमानसँग विद्रोह गरेर नयॉ र भविष्यमुखी सोंच र मान्यता र विधि स्थापित गर्न खोज्छन्’, भट्टराईले लेखेका छन्, ‘इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ। रेशम चौधरी क्रान्तिकारी हुन्। सलाम।’

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology