Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शरणार्थी प्रकरणका आरोपीलाई कांग्रेसले संरक्षण गरिरह्यो : प्रदीप ज्ञवाली

शरणार्थी प्रकरणका आरोपीलाई कांग्रेसले संरक्षण गरिरह्यो : प्रदीप ज्ञवाली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०८० बिहिवार • १२:१७:२१ बजे
  • 550
    SHARES
  • शरणार्थी प्रकरणका आरोपीलाई कांग्रेसले संरक्षण गरिरह्यो : प्रदीप ज्ञवाली

    नेकपा एमालेको उपमहासचिव प्रदीप ज्ञवालीले शरणार्थी प्रकरणमा नेपाली कांग्रेसले आरोपीलाई संरक्षण गरेको टिप्पणी गरेका छन् ।

    images

    प्रेस चौतारी नेपाल कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले एमालेले आरोपीत टोपबहादुर रायमाझीलाई कारबाही गरेको र कांग्रेसले बालकृष्ण खाँणलाई कारबाही नगरेर संरक्षण गरेको बताएका हुन् ।

    नेपाली नागरिकलाई नक्कली भेटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं ठगवी गरेको आरो लागेपछि पूर्वउपप्रधानमन्त्री समेत रहेका सचिव टोपबहादुरलाई कारबाही गरेको छ । तर, खाँणलाई हालसम्म कारबाही नगरेपछि कांग्रेसले आरोपिलाई संरक्षण गरेको टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘हाम्रो हिजोसम्म सचिव रहनुभएको साथी जोडिनुभयो, उहाँ दोषी हो कि निर्दोष भोलि छानबिनले बताउँला । तर, छानबिनलाई सजिलो होस् भन्नका निमित्त हामीले निलम्बन गर्‍यौँ, तर, अर्को पार्टी (कांग्रेस)ले संरक्षण नै गरिराखेको छ ।’

    नागरिकलाई अनागरिक बनाएर बाहिर पठाउने कार्य सानो ठगी, अपराध मात्र नभएर गम्भीर अपराध भएको ज्ञवालीको भनाई छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको आरोपमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसमेत अहिलेसम्म १४ जना पक्राउ परिसकेका छन् ।

    उनीहरुलाई काठमाडौंका विभिन्न हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रदीप ज्ञवाली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology