Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

क्यान्टनमेन्टमा भ्रष्टाचार भएको ठहर भए जेल जान तयार छु- प्रधानमन्त्री

क्यान्टनमेन्टमा भ्रष्टाचार भएको ठहर भए जेल जान तयार छु- प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ४, २०८० बिहिवार • १३:५७:१८ बजे
  • 697
    SHARES
  • क्यान्टनमेन्टमा भ्रष्टाचार भएको ठहर भए जेल जान तयार छु- प्रधानमन्त्री

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्यान्टनमेन्टमा भ्रष्टाचार भएको ठहर भएको खण्डमा जेल जान तयार रहेको बताएका छन् ।

    images

    प्रतिनिधिसभामा जारी प्रश्नोत्तरका क्रममा सांसद ज्ञानबहादुर शाहीले ‘क्यान्टनमेन्टमा भएको भ्रष्टाचार किन छानविन भएन ? भन्ने प्रश्नको जवाफा दिने क्रममा प्रधानमन्त्री प्रचण्डले क्यान्टनमेन्टमा भ्रष्टाचार भएको भन्दै कसैले उजुरी दिएर भ्रष्टाचार ठहर भए आफू जेल जान तयार रहेको बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भने– ‘तत्कालीन जनमुक्ति सेना क्यान्टनमेनमा राख्ने सवाल माओवादीको मात्र सवाल थिएन । विस्तृत शान्ति सम्झौताको क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रि संस्थाहरुको उपस्थितिमा त्यो काम भएको थियो ।

    राज्यको उपस्थितिमा भएको काम हो । यहाँ कुनै पनि भ्रष्टाचार भएको छैन । तथापि, सकैले मुद्दा हालेर छानविन भएमा र भ्रष्टाचार भएको ठहर भएमा म जेल जान तयार छु ।’

    शान्ति सम्झौतालाई टुङ्गोमा पुर्याउने क्रममा राज्यकै उपस्थितिमा भएको सेना समायोजनको सवाललाई आज राजनीतिक प्रतिशोधका आधारमा विषय बनाइएको भन्दै प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि समेत जनाकाए छन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology