भ्वाइस किड्स सिजन- २ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् ।
शुक्रबार राती भएको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट प्रतिस्पर्धा गरेका उनले उपाधि चुमेका हुन् । फिनालेमा सुब्बासहितका ८ जनाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
विजयी सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरे । उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरे ।
भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।