Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कम्युनिष्ट दलहरु भ्रष्टिकरणमा फसिसके : भट्टराई

कम्युनिष्ट दलहरु भ्रष्टिकरणमा फसिसके : भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०८० शनिवार • १६:५७:२७ बजे
  • 691
    SHARES
  • कम्युनिष्ट दलहरु भ्रष्टिकरणमा फसिसके : भट्टराई

    नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरु भ्रष्टिकरणमा फसिसकेको आरोप लगाएका छन् ।

    images

    शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले आफुलाई कम्युनिष्ट भन्ने एमाले माओवादीमा राज्यसंयन्त्र कव्जा गर्ने र पुरै भ्रष्टिकरण भएर जाने देखिएको आरोप लगाएका हुन् ।

    त्यस्तै उनले कांग्रेस पुरानो बिचार लिएर दिशाहिन भएर बसेको र विविधथरीको खिचडी जस्तो पार्टी भएकाले कांग्रेस, एमाले र माओवादीले देशको समस्या हल गर्न नसक्ने जिकिर गरे ।

    भट्टराईले राप्रपा भन्ने पार्टी राजतन्त्रको भूत भएको र त्यसबाट तर्सनुपर्ने पर्ने अवस्था नरहेको उल्लेख गरे । अहिले आएका नयाँ भन्ने पार्टीहरुलाई भने अहिले नै खराव भन्न नमिल्ने भएपनि उनिहरुमा कुनै बिचार र योजना तथा नीति नै नरहेको उनले टिप्पणी गरे ।

    उनले एउटै चिन्हबाट चूनाव लडेकाले आफ्नो पार्टी र माओवादीको एउटै संसदीय दल भएपनि माओवादीसंग कुनै एकता नभएको बताए ।

    अध्यक्ष भट्टराईले ज्येष्ठ २५ र २६ गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र अहिलेसम्मको समिक्षाका साथ भावी योजना तयार गर्ने जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # डा.बाबुराम भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology