Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नीति तथा कार्यक्रम नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो: ओली

नीति तथा कार्यक्रम नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो: ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०८० शनिवार • १७:०६:०१ बजे
  • 619
    SHARES
  • नीति तथा कार्यक्रम नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो भएको टिप्पणी गरेका छन् । सरकारको नीति तथा कार्यक्रमले कुनै पनि कुरालाई सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।

    images

    सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको शनिबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘पञ्चवर्षीय योजना भनेको पाँचवटा नीति तथा कार्यक्रम, पाँच वटा बजेट हो । तर, त्यसतिर छुवाएकै छैन । हामी अर्को पञ्चवर्षीय योजनामा कसरी प्रवेश गर्छौँ भन्ने कुरा आउनुपर्ने हो ।

    यो यस कोणबाट हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो छ ।’ अध्यक्ष ओलीले सरकारले अर्थतन्त्र सुुधारको नीति तथा कार्यक्रम ल्याएपनि त्यो देखाउनका लागि मात्र भएको बताए । उनले भने, ‘यो त नजानेर बेग्लै कुरा हो । सबै राम्रा शब्दहरूलाई राख्न खोजेको छ । कार्यान्वयन गर्न होइन । यो समाजप्रति गम्भीर छैन ।

    सबैभन्दा महँगो त जनतालाई सरकार बनेको छ । देशलाई नै टाट पल्टाइसक्यो ।’ उनले नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता नभएको पनि बताए । ओलीले भने, ‘यस नीति तथा कार्यक्रममा राजनीति अस्थिरता, अन्यौलता र अराजकताको बारेमा कुनै चिन्ता छैन ।

    समाजले हजारौं वर्ष लगाएर बनाएका मूल्य मान्यताका बारेमा ध्यान छैन ।’ अध्यक्ष ओलीले संघीयतामाथि प्रश्न उठेका विषयमा समेत जवाफ मागेका छन् । उनले भने, ‘संघीयतामाथि जे जति प्रश्न उठेका छन् त्यसको उत्तर के हो ? संघीयता आवश्यक छ यस अर्थले र यसलाई सवलीकरणल गर्छौं भनेर कहीँपनि भएको छैन ।’

    उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै नीतिमाथि छलफल नभएको बताउँदै भने, ‘नीति नै छैन नि यसमा । नीतिमाथि कुनै छलफल नै छैन । यो हाम्रो डेस्टिनेशन हो, यसबाटोबाट जाने हो, भनेर नीति तथा कार्यक्रम आउनुपर्ने हो ।’

  • सम्बन्धित विषय:

  • # नीति तथा कार्यक्रम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology