Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेले नीति तथा कार्यक्रम संसदबाट पारित गर्न नदिने

एमालेले नीति तथा कार्यक्रम संसदबाट पारित गर्न नदिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८० आइतवार • ०९:४६:३९ बजे
  • 364
    SHARES
  • एमालेले नीति तथा कार्यक्रम संसदबाट पारित गर्न नदिने

    संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै छ ।

    images

    आज बस्ने दुवै सदनको बैठकमा सरकारले आगामी आर्थिक वर्ष ०८०–८१ का लागि ल्याएको नीति था कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । यता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) भने सत्तारुढ गठबन्धनका तर्फबाट ल्याइएको नीति तथा कार्यक्रमको विपक्षमा देखिएको छ । उसले सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्न नदिने रणनीति अपनाएको छ ।

    त्यसका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई संसदमा छलफलका क्रममा कडाइका साथ प्रस्तुत हुन समेत निर्देशन दिइसकेका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सरकारले पेस गरेको नीति तथा कार्यक्रमको आलोचना गर्दै त्यसलाई पास गर्न दिन नहुने बताएका छन् ।

    उनले आफ्ना सांसदहरुलाई कडाइका साथ त्यसको विरोधमा उभिन निर्देशन दिएका हुन् । नीति तथा कार्यक्रममा समावेश विषयहरुलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको भन्दै उनले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केही संकेतहरु पनि सन्तोषजनक नरहेको बताएका छन् ।

    सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताए । ‘नीति तथा कार्यक्रममा यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त त्यस सम्बन्धमा यसमा खासै योजना छैन । यो नीति वार्षिक कार्ययोजनामात्र हो’, उनले भने, ‘यसले देशको मार्गदर्शन गर्दैन ।

    यो स्वीकार र समर्थन योग्य छैन । विरोधयोग्य छ, त्यसैले यसलाई पास गर्न मिल्दैन ।’ उनले अगाडी थपे, ‘एमालेको भूमिका अलि लुलोलुलो भयो । नुन खाएको कुखुरा जस्तो, झोक्राए जस्तो के भएको भनेर भन्ने गरेका छन्’, उनले भने, ‘त्यसैले हाम्रो प्रस्तुति संसद्मा कडा हुनुपर्दछ । संसद्मा जति समय पाउनुहुन्छ ।

    आफ्ना कुरा कडाइका साथ राख्नुहोला ।’ नेता ओलीले पञ्चवर्षीय योजना, संविधान, मौलिक हकसँग नीति तथा कार्यक्रम जोडिएर आउनुपर्नेमा जोड दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology