Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

‘यात्री’ दर्ता विवादमा गगन थापाले भने- सरकारले आफ्नो लाज राखोस्

‘यात्री’ दर्ता विवादमा गगन थापाले भने- सरकारले आफ्नो लाज राखोस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८० आइतवार • १३:५८:०६ बजे
  • 466
    SHARES
  • ‘यात्री’ दर्ता विवादमा गगन थापाले भने- सरकारले आफ्नो लाज राखोस्

    नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपालमै उत्पादित विद्युतीय सवारीसाधन दर्तामा समस्या देखिएको भन्दै समाभान गर्न आग्रह गरेका छन् ।

    images

    प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले विद्युतीय सवारीसाधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भएर दर्ता भए पनि अहिले फेरि समस्या देखिएको बताएका हुन् ।

    सांसद थापाले गर्नुपर्ने प्रावधान रहेको भन्दै नेपाली उत्पादित बस्तु दर्ताको नीति नै ढिलो बनेकाले भ्याटबिल तिरेको ३५ दिनभित्र दर्ता नगरे जरिवाना लाग्ने प्रावधानलाई लिएर सरकारको ध्यानाकर्षण गराएका छन् ।

    संसद्मा बोल्दै उनले भने, “अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ । सरकार भन्छ– भ्याटबिल तिरेको ३५ दिनभित्रमा दर्ता भएन भने जरिवाना लाग्छ । पहिले कानुन थिएन, दर्ता भएन ।

    अहिले कानुन बन्यो, दर्ता भयो तर आफै ढिलो कानुन बनाउने निकायले के भन्छ भने दर्ता ढिलो किन गरिस् तैँले रु जरिवाना तिर्नुपर्छ ।” “सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन मिल्छ र” सांसद थापाले प्रश्न गरे ।

    उनले यो विषय उद्यमीसँग मात्र सम्बन्धित नभएर स्वदेशी उत्पादन नै किन्छु, उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि सम्बन्धित भएको भन्दा यस विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    उनले भने, ‘स्वदेशी उत्पादन गर्ने नीति बनाउँछु भन्ने सरकारले असल नियतका साथ काम गरिरहेका उद्यमीहरुलाई निरुत्साहित हुन नदिओस् र आफ्नै नीतिको लाज राखोस् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology