Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लडाकु शिविरमा घोटाला भएको छैन:उपाध्यक्ष कृष्णबहादुर महरा

लडाकु शिविरमा घोटाला भएको छैन:उपाध्यक्ष कृष्णबहादुर महरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८० आइतवार • २०:३६:३८ बजे
  • 598
    SHARES
  • लडाकु शिविरमा घोटाला भएको छैन:उपाध्यक्ष कृष्णबहादुर महरा

    नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा कुनै घोटाला नभएको जनाएको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले लडाकु शिविरमा घोटाला नभएको प्रष्ट्याएको हुन् ।

    images

    पार्टीको समसामयिक विषयमा जानकारी गराउन आयोजिक पत्रकार सम्मेलनमा उपाध्यक्ष महराले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन र समायोजनको जिम्मा राज्यले लिएको बताए ।

    उपाध्यक्ष महराद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘यसका दुईटा पक्ष छन् । पहिलो ५ महिना शान्ति प्रकृयालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब ४६ करोड पेस्की लिई व्यवस्थापन गरिएकोमा शान्ति प्रकृयाको यथार्थ र विशिष्ठ परिस्थितिलाई मध्यनजर गरी सो रकम अनुदानमा परिणत गर्न संसदको सार्वजनिक लेखा समिति, शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको २०६९ बैशाख १४ को निर्णय समेतलाई आधार बनाई महालेखा परीक्षकले २०६९ जेठ १९ गते सो रकम खर्चको समर्थन, फरछ्यौट र मिनाहा गरी समपरीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरवारमा पठाएको छ ।’

    साथै, महालेखा परीक्षक कार्यालयको बार्षिक प्रतिवेदन २०६९ पेज नं. २५९ अनुसार उक्त वेरुजुको समपरीक्षण सार्वजनिक भएको समेत उनले उल्लेख गरेका छन् । ‘दोस्रो, ७ मुख्य शिविर र २१ सहायक शिविरमा शिविर व्यवस्थापन रकम शिविर व्यवस्थापन कार्यालय मार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको व्यहोरा जानकारी गराउदछौं’ विज्ञप्तिमा भनिएको छ ।

    यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाही गरी राष्ट्रको शान जोगाउन उत्साह र मनोवल बढको उनले बताएका छन् । उनले भनेका छन्, ‘सबै पार्टीका समर्थक, सुभचिन्तक र आम खोजिएको छ । यसले समग्र जनतामा जनसमुदायमा सकारात्मक तरंग पैदा गरेको छ ।

    यसले गलत ढंगबाट पैसा आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ र श्रम र उत्पादनप्रति सम्मान बढेको छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology