Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देउवाले ‘देश डुबाए : शंकर पोखरेल

देउवाले ‘देश डुबाए : शंकर पोखरेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०८० सोमवार • १२:४३:०२ बजे
  • 598
    SHARES
  • देउवाले ‘देश डुबाए  : शंकर पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ दुई शीर्ष नेताविरुद्ध आक्रोश पोखेका छन् ।

    images

    सोमबार बिहानै सामाजिक सञ्जालमार्फत नेता पोखरेलले माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रमशः ‘लुट मच्चाएको‘ र ‘राष्ट्र डुबाएको’ भन्दै आक्रोश पोखेका हुन् ।

    सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रश्न गर्दै नेता पोखरेलले भनेका छन्, ‘कहाँ चुकेको छ सरकार ? नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नुपर्दथ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबालीकन राष्ट्रलाई डुबाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाई दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन ।’ उनले ‘पपुलिस्ट पोलिटिक्स’ गर्नेहरू र छोएरै उपचार गर्छु भन्नेहरू एकै भएको पनि टिप्पणी गरेका छन् ।

    एमालेले सरकारको नीति तथा कार्यक्रमलाई ‘गतिविहीन दस्तावेज’ भन्दै त्यसलाई खारेजै वा पुनःलेखन गर्नुपर्ने मत राखेको छ । जसमा रास्वपालगायत विपक्षी दलले खासै समर्थन गरेको देखिन्न ।

    यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छाड्नु नहुने उनको भनाइ छ ।

     

    कहाँ चुकेको छ सरकार? नीति तथा कार्यक्रमले के कुरालाई सम्वोधन गर्नु पर्दथ्यो भन्नेकुरामा विपक्षी दलका नेताले तथ्यगत रुपमा आफुलाई प्रस्तुत गर्दा पनि गफठान्ने जमातले नवोलिकन राष्ट्रलाई डुवाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रकृयाको दुहाई दिने प्रचण्डको पैरवीगर्नु कुनै अनौठो कुरा होइन ।
    तर अर्कोतिर पुरानो होइन नयाँ भनेर नीति विहिन, उद्देश्यविहिन पपुलिस्ट पोलिटिक्स गर्नेहरुले ठिक र वेठिक छु्ट्याउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख वनाइरहेका छन् । यसरी उद्देश्य विहिन पपुलिस्ट कुरागर्नेहरु र छोयरै उपचार गर्छु भनेर भिड जम्मागर्ने सिमान्तगुरुमा के अन्तर भयो र ? दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन् ।
    यस्तो अवस्थामा सत्यलाई स्थापितगर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु हुदैन ।

  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology