Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीलाई माधव नेपालको प्रश्न : खै घरघरमा ग्यास, खै रेलको टिकट

ओलीलाई माधव नेपालको प्रश्न : खै घरघरमा ग्यास, खै रेलको टिकट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०८० सोमवार • १३:४६:३३ बजे
  • 682
    SHARES
  • ओलीलाई माधव नेपालको प्रश्न : खै घरघरमा ग्यास, खै रेलको टिकट

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा घोषणा गरेअनुसार घरघरमा ग्यास र विजुली रेल किन सञ्चालन नभएको भनी प्रश्न गरेका छन् ।

    images

    सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता नेपालले ओलीले आफू प्रधानमन्त्री हुँदा घोषणा गरेको काम पूरा हुन नसक्नुको जवाफ माग गरेका हुन् । ‘आफ्नो पालामा कति हावादारी योजनाहरु आए ? भनियो तिथिमिति तय गरेर यो मितिमा टिकट काट्नुहोस । ठ्याक्क हवाइ रेल चढ्नु ।

    बिजुलीको रेल चलाइनेछ’ अध्यक्ष नेपालले ओलीप्रति कटाक्ष गर्दै भने, ‘यस्त हावादारी कुरा ल्याउनु हुँदैन ।’ केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रमको विवेचना गर्दै अधयक्ष नेपालले थप प्रश्न गरे, ‘घरघरमा ग्यास, खै ग्यास ? यस्तोमा कहाँ कहाँ त्रुटी भयो ? टावरका कुराहरु आइरहेका छन् ।

    मलेसियाका टावर, खाडी क्षेत्रका टावर । टावरको आवश्यकता छ भने कहाँ ? धानको बाला हेर्ने टावर ?’ आइतबार सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले आधुनिकतामा भ्यूटावर आवश्यक रहेको बताएका थिए । आफू नेतृत्वको सरकारले पर्यटन विकासका लागि टावर निर्माणको कार्यलाई तिव्रता दिएको तर त्यसको आलोचना भएको भन्दै ओलीले आलोचना गरेका थिए ।

    सोमबार प्रतिनिधिसभालाई सम्बोधन गरेका अध्यक्ष नेपालले सपना देख्दा यथार्थवादी हुनुपर्ने धारणा राखे । उनले भनेका छन, ‘सपना देख्न सक्नुहुन्छ । तर सपना हावादारी नदेख्नुस्, यथार्थवादी बन्नुहोस्, सपना नदेख्ने मान्छेले, आँधो मान्छेले आफ्नो मिसन बुझन सक्दैन । मिसन तय नभएको मान्छेले मिसन पूरा गर्न पनि सक्दैन । तर सपनालाई विपनामा रुपान्तरण गर्न यथार्थवादी भएर पनि चल्नुपर्छ ।’

    अध्यक्ष नेपालले आआफ्ना नीति तथा कार्यक्रममाथि पूर्वप्रधानमन्त्रीहरुबीच संसदमा प्रतिस्पर्धा गराउनुपर्ने धारणा राखे । ‘पुराना प्रधानमन्त्रीहरुले पनि राम्रै काम गर्नुभएको होला । एकचोटी राम्रो के हुन्थ्यो भने संसदमै पूर्वप्रधानमन्त्रीहरुकै बीचमा प्रतिस्पर्धा गराउनुछ भने आफ्नो–आफ्नो कार्यकालमा क–कसले के गरे सब ल्याएर मुल्याङ्कन यही संसदले गरिदिए हुन्छ । म त तयार छु’, उनले भने ।

    आफ्नो नेतृत्वको सरकारको चर्चा नभएकोका पीडावोध नगर्न पनि ओलीलाई नेपालले सुझाव दिए । ‘अवश्य पनि लाग्छ होला कि आफ्नो पालामा गरेका केही राम्रा कुराहरुलाई पनि वास्ता गरिएन ? कति मनमा पीडा पर्दो रहेछ ! म पनि पूर्व प्रधानमन्त्री भइसकेको मान्छे । मलाई पनि त लाग्दो होला नि गरिएका कतिपय कामको किन चर्चा गरिएन ? तर नगरेको वा गलत गरेको कार्यको आलोचना पनि सहन सक्नुपर्छ । आलोचनाका निम्ति पनि तयार हुनुपर्छ’, अध्यक्ष नेपालले भने ।

  • सम्बन्धित विषय:

  • # ओलीलाई माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology