Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : एक सय १३ पीडित प्रहरीको सम्पर्कमा, २२ जनाको जाहेरी

नक्कली भुटानी शरणार्थी प्रकरण : एक सय १३ पीडित प्रहरीको सम्पर्कमा, २२ जनाको जाहेरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०८० सोमवार • १८:१४:३५ बजे
  • 562
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरण : एक सय १३ पीडित प्रहरीको सम्पर्कमा, २२ जनाको जाहेरी

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रकरणमा पीडित भएकाहरु हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । त्यस्तै, पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको छ ।

    images


    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा २७ करोड रुपैयाँभन्दा बढी ठगी भएको उल्लेख छ ।

    उक्त प्रकरणमा सुरूआतमा ८१ जनाको १३ करोड रुपैयाँ ठगी भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो ।


    कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । त्यसपछि थप व्यक्तिले जाहेरी दिएका रिजालको भनाई छ ।


    यस ठगी प्रकरणमा आजसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गत वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपितलाई पक्राउ गर्न थालेको हो ।


    जिल्ला प्रहरी कार्यालय काठमाडौंले यो ठगी प्रकरणमा कम्तीमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयमा राय बुझाएको छ । प्रहरीले ३२ जनाविरुद्ध मुद्दा चलाउन राय दिएको भएपनि हालसम्म १६ जनामात्रै पक्राउ परेका छन् ।

    प्रहरीले बुझाएको प्रतिवेदन अध्ययनपछि सरकारी वकिलको कार्यालयले बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने छ ।

    पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई समेत छन् । यस्तै कांग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ परेका छन् ।


    यो ठगी प्रकरणमा सबैभन्दा पहिला २०७९ चैत १२ मा केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् ।

    पछिल्लो समय प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरेको थियो । अन्य १६ जना भने अझै फरारकै अवस्थामा छन् ।


    सोमबार बुझाइएको प्रतिवदेनमा ३२ जना उपर मुद्दा चलाउनुपर्ने सिफारिस गरिएको छ । यस प्रकरणमा प्रहरीले फरार रहेकाहरूको सूची पनि बुझाएको छ ।

    फरार रहेका प्रतीक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, अशोक पोखरेल, धीरेन राई, निरज राई, दीपा हुमागाई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, विनीता लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी रहेका छन् । त्यस्तै, वतन नखुलेकामा गोकुल थापा र रमा थापा रहेका छन् ।

    त्यस्तै, बयानमा पोलिएका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जनाहरूलाई संगठित अपराध ऐन २०७० को दफा २२ र फौजदारी कार्यविधि संहित २०७४ को दफा ३५ बमोजिम जुनसुकै बेला पक्राउ गर्न सकिने पनि सिफारिस गरिएको छ । मुद्दा अभियोजनका लागि सह-न्यायाधिवक्ता अच्युतमणि न्यौपानेको संयोजकत्वमा ८ जना वकिलहरू खटिएका छन् ।

  • सम्बन्धित विषय:

  • # २२ जनाको जाहेरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology