Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेलाई भ्रष्टाचार प्यारो हुन सक्दैन: ओली

एमालेलाई भ्रष्टाचार प्यारो हुन सक्दैन: ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०८० मंगलवार • १७:१८:५१ बजे
  • 1.0K
    SHARES
  • एमालेलाई भ्रष्टाचार प्यारो हुन सक्दैन: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकणमा एमाले संलग्न नभएको प्रष्ट पारेका छन् ।

    images

    जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै एमाले कुनै भ्रष्टाचारमा संलग्न नहुने बताए ।

    ‘यदि कसैले एमालेभित्र रहेर पनि आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्नेगरी यस वा कुनै प्रकारको अनुचित अनौतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफै अग्रसर भएर अघि बढ्छ’, उनले भने, ‘हामीलाई भ्रष्टाचार प्यारो हुन सक्दैन । मान्छेको नैतिकता समाप्त भएपछि पार्ने कुरा हो ।

    भ्रष्टाचारले श्वास फेरे पनि मृत भइसकेको हुन्छ । आत्मा मरेको हुन्छ आत्मा मरेका हुन्छ। एमाले आत्मा मरेका बेइमानहरूको पार्टी होइन। ’ उनले एमालेका कोही नेता कहीँ कतै दोषी देखिए कारवाहीको लागि आफैं अग्रसर हुने बताए ।

    उनले थपे, ‘एउटा सञ्जालको प्रयोग र मिडियालाई प्रयोग गरेर विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएर कारकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई कसैले मुछ्न खोजिन्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सह्य हुँदैन ।’

    भ्रष्टाचारको आरोप लाग्दैमा कसैलाई अपराधी करार गर्न नमिल्ने बताए। उनले नेपालको छानविन देखेको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्न आफूहरु लागेको बताए ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology