Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीका स्वकीय सचिवको नाम पोलिएपछि .......

नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीका स्वकीय सचिवको नाम पोलिएपछि .......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १०, २०८० बुधवार • १०:०५:२४ बजे
  • 1.4K
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीका स्वकीय सचिवको नाम पोलिएपछि .......

    नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएका छन् ।

    images

    यो प्रकरणका मुख्य योजनाकार केशव दुलालले मंगलबार बयान दिँदा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वकीय सचिवहरुको नाम पोलेपछि पोखरेलले सत्तास्वार्थका लागि लज्जास्पद नाटक गरिएको टिप्पणी गरेका हुन् ।

    बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले भने, 'काक्राचोरले काक्रा आफुले खाएर विया सोझा गाउले किसानको अनुहारमा टासिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान ।

    सत्तास्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुने नै छ ।'

    यस प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृह सचिव प्रेमकुमार राई र तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश वज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्यको पनि मुछिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology