Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानमन्त्री र गृहमन्त्रीलाई रविको प्रश्न- बादल, प्रेमलाई सोधपुछ गर्न किन डराएको ?

प्रधानमन्त्री र गृहमन्त्रीलाई रविको प्रश्न- बादल, प्रेमलाई सोधपुछ गर्न किन डराएको ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १०, २०८० बुधवार • १४:३४:०७ बजे
  • 508
    SHARES
  • प्रधानमन्त्री र गृहमन्त्रीलाई रविको प्रश्न- बादल, प्रेमलाई सोधपुछ गर्न किन डराएको ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानले नक्कली भुटानी शरणार्थी प्रकरणले राज्यका सबै अंगको विश्वसनीयता समाप्त पारेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै लामिछानेले यस्तो बताएका हुन् ।

    images

    तीन दलका नेताहरुले खुसुरखुसुर छलफल गर्दा नै शंका उत्पन्न भएको भन्दै उनले अब त राज्यका अनुसन्धान निकायदेखि उच्च तहसम्मको विश्वसनीयता नै समाप्त भएको बताए ।

    ‘तीन दलका नेताले खुसुरखुसुर गर्दा हामीलाई शंका लागिरहेको थियो । आज त राज्यका निकायहरु, अनुसन्धान निकायहरुमै प्रश्न उठिरहेको छ । यो कुनै अँध्यारो कोठामा वा गल्लीमा भएको कुरा पनि होइन ।

    खुलेयाम बालुवाटार र सिंहदरबारमा पैसा बुझेको कुरा आइरहेको छ,’ उनले भने । उनले यसरी किटानी बयान दिँदा समेत नाम मुछिएकाहरुलाई पक्राउ नगर्नुले राज्यमाथिको विश्वसनीयतामा प्रश्न उठेको बताए ।

    ‘ज–जसको नाम आएको छ, उनीहरुको छानबिन समेत गर्न नसक्ने गरी किन डराएको ? प्रधानमन्त्री, गृहमन्त्री मुटु दरो छ भन्नुहुन्छ, खोइ आँट देखाएको ? । हाम्रो हकमा, नागरिकको हकमा आउँछु भन्दा भन्दै समातिएको छ ।

    न्युजरुमबाट समातिएको व्यक्ति म यहाँ छु,’ उनले प्रश्न गर्दै भने । उनले आफूले नाम आएकहरु दोषी हुन् भनेर आरोप लगाएको नभई उनीहरुमाथि पनि छानबिन हुनुपर्ने बताए ।

    ‘एकपटक छानबिनका लागि, सोधपुछका लागि बोलाउन पनि नसक्ने को हो उहाँहरु ?,’ लामिछानेले प्रश्न गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology