Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १०, २०८० बुधवार • १८:१६:०३ बजे
  • 1.1K
    SHARES
  • रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट दर्ता भएको छ । युवराज पौडेल ‘सफल’ ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो ।

    images

    लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले आज (बुधबार) दर्ता गरेको हो । रिट निवेदनको पेसी जेठ १७ गतडे तोकिएको छ । अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरी पुरानै नागरिकताको प्रतिलिपि प्राप्त गरेको भन्दै उक्त रिट दर्ता भएको हो । रिट गत वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो ।

    वैशाख २८ मा सर्वोच्च प्रशासनले रिटलाई दरपिठ गरेको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट युवराज पौडेल ‘सफल’ ले यही जेठ २ मा पुनः दर्ता गराएका थिए ।

    उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल इजलासले रविविरुद्धको रिट दर्ता गरी अघि बढाउन आदेश दिएको थियो । उक्त आदेश पछि बुधबार रिट दर्ता भएको छ । उक्त रिटमा जेठ १७ गतेलाई पेसी तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # सर्वोच्चमा रिट दर्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology