कुवेत - लुम्बिनी समाज नेपाल कुवेतको ११ औं वार्षिकोत्सव तथा छैटौं अधिवेशन आगामी ११ अगष्टका दिन अतिथि कलाकारको साथमा हुने भएको छ ।
रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरुलाई एक ढिक्का बनाउदै "सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका" भन्ने मुला नाराको साथ सन २०१३ मा स्थापना भएको सस्थाले आफ्नो ११ औं वार्षिकोत्सव तथा छैटौं अधिवेशन अतिथि कलाकारको साथमा मनाउन लागिएको अध्यक्ष नेत्र पेमी मगरले जानकारी दिएका छन ।
कुवेत नगरीमा स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्थाले संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा अग्रसर रहदै आएको छ । साथै गृह जिल्ला तथा ग़ैर जिल्लामा मानवीय सामाजिक कार्यमा आफ्नो क्षमता र पहुँचले भ्याएसम्म आर्थिक नैतिक र भौतिकरुपले सहयोग गर्दै आएको छ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा रहेका लुम्बिनीवासीहरु लगाएत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाई दिन समेत अध्यक्ष मगरले विनम्र अनुरोध गरेका छन्। साथै आयोजकले स्थान र अतिथि कलाकारको बारेमा छिट्टै जानकारी दिने बताएका छन ।
कार्यक्रमको विवरण :
मिति : ११ अगष्ट २०२३
समय : बिहान ११ बजे
स्थान : तय नभएको
कार्यक्रम: ११ औ वार्षिकोत्सव तथा छैटौ अधिवेशन
आयोजक : लुम्बिनी समाज नेपाल कुवेत