Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रविको आक्रोश : घण्टीलाई बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको छ

रविको आक्रोश : घण्टीलाई बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ११, २०८० बिहिवार • १३:१२:१६ बजे
  • 700
    SHARES
  • रविको आक्रोश : घण्टीलाई बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको छ

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    images

    सभापति लामिछानेविरुद्ध बुधबार युवराज पौडेल सफलले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ कायम नरहेको नागरिकताको प्रतिलिपीबाट निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै दिएको रिट दायर भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एउटै विषयमा पटक पटक दुख दिएर इरिटेड गराएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

    उनले अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको र अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको भन्दै अनावश्यक दुख नदिन आग्रह गरेका छन् ।

    उनले एउटै विषयमा पटक पटक दुख दिइए घण्टीलाई बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको बताएका छन् ।

     

    मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
    १) सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
    २) अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
    ३) अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
    ४) घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

  • सम्बन्धित विषय:

  • # रविको आक्रोश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology