Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०८० शुक्रवार • ११:३७:५२ बजे
  • 340
    SHARES
  • जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

    टोकियो । जापानमा गोली हानाहानको घटनामा संलग्नताको आरोपमा एक जना नगर सभामुखका छोरा समातिएका छन् ।

    images

    मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

    जापनीज सञ्चार माध्यमका समाचार अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो शहरमा दुई प्रहरीको हत्या गर्न गोली चलाउनु अघि एक महिलालाई छुरा प्रहार गरेका थिए ।

    सो घटनामा समग्रमा चार जना मारिएका थिए भने भने पक्राउ परेका व्यक्ति नगरसभाका सभामुखका छोरा भएको खुल्न आएको छ । तर, उनको नाम भने सार्बजनिक गरिएको छैन । तर, उनले चार चार जना माथी किन गोली चलाए र ती आक्रमणकारीको उद्देश्य के थियो रु त्यो भने अझै खुल्न सकेको छैन ।

    प्रहरी हिरासतमा रहेका कारण उनी माथी छानबिन जारी रहेकाले केही समय पछि सो गोलीकाण्डको उदेश्यका बारेमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

    गतवर्ष जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको दिनदाहाडै गोली हानी हत्या गरेपछि यो पछिल्लो घटनालाई उत्तिकै दर्दनाक मानिएको छ । किनभने जापानमा बन्दुकमार्फत हुने हिंसा अत्यन्तै दुर्लभ घटनाको रुपमा लिइन्छ ।

  • सम्बन्धित विषय:

  • # सभामुखका छोरा पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology