Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जोर्डनका युवराज र साउदी युवतीबीचको विवाह किन छ चर्चामा ?

जोर्डनका युवराज र साउदी युवतीबीचको विवाह किन छ चर्चामा ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०८० शुक्रवार • १३:५९:१९ बजे
  • 520
    SHARES
  • जोर्डनका युवराज र साउदी युवतीबीचको विवाह किन छ चर्चामा ?

    एजेन्सी/ जोर्डनका युवराज हुसेन बिन अब्दुल्लाह र साउदी आर्किटेक्ट रजवा अल सैफबीच जुन १ तारिखमा विवाह हुँदै छ ।

    images

    तर उनीहरु विवाहअघि नै मध्य पूर्वमा मात्र नभएर दुनियाँ भरमा चर्चामा छन् । विवाह पूर्वका शाही समारोहका झलक सामाजिक सञ्जालमा आकर्षणको केन्द्र बनेका छन् । यो जोडीको विवाहको कुरा गत अगस्ट १० मै छिनिएको थियो ।

    १० जुनमा शाही विवाह तय भएलगत्तै जार्डनमा जोडतोडले तयारी भइरहेको छ । विवाहको दिन जोर्डनमा सार्वजनिक विदाको घोषणा गरिएको छ । विवाहका लागि विश्वभरबाट पाहुना बोलाइएको छ । राजधानी अम्मानमा अरबी क्षेत्रका गायकहरुले कन्सर्ट गर्ने छन् ।

    जोर्डनकी महारानी रानयाले नै आफ्ना छोराको विवाहको तयारीका तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा राखेकी छिन् ।


    उनले विवाहअघि मेहन्दी पार्टीको आयोजना गरेकी थिइन् । जुन पार्टीमा पारम्परिक जोर्डनी र साउदी गीत संगीत प्रस्तुत गरिएको थियो । जसमा महारानी रानयाले पनि नृत्य गरिन् ।

    ‘हुसेन मेरो ठूलो छोरा हो, अन्य आमाको जस्तै आफ्नो जेठो छोरालाई बेहुला बनेको देख्ने मेरो सपना थियो,’ उनले भनिन्, ‘मैले पनि बुहारी पाएँ, तर यी बुहारी अन्य बुहारीजस्ती सामान्य होइनन्, यिनी मेरी छोरी हुन्, अल्लाहले यिनलाई खुसी राखुन् ।’

    २८ जुन, १९९४ मा जन्मेका जोर्डनी युवराज हुसेन, राजा अब्दुल्लाह द्वितीय र रानी रानयाका जेठा छोरा हुन् । हुसेनका १ भाइ र २ बहिनी छन् ।

    हुसेनसँग विवाह गर्न लागेकी रजवा साउदी व्यापरिक घराना अल सैफ ग्रुपका अध्यक्ष खालिदकी कान्छी छोरी हुन् । उनी हुसेन भन्दा मात्र २ महिना कान्छी हुन् ।

    हुसेन र रजवा दुवैले प्राथमिक शिक्षा आफ्नै देशमा पूरा गरेपछि उच्च शिक्षा भने अमेरिकाका फरक फरक विश्वविद्यालयबाट पूरा गरेका हुन् ।

    सन् २००९ मा युवराज घोषित हुसेनले जोर्डनकै रोयल मिलिट्री एकेडेमीबाट ग्राजुयसन गरेका छन् । र उनी जोर्डनको सशस्त्र सेनाका प्रमुख हुन् ।

    जोर्डनको संविधान अनुसार युवराजको राजनीतिक भूमिका छैन । तर पछिल्ला समयमा हुसेन आफ्ना पिताको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समारोहमा सहभागी हुने गरेका छन् ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology