Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रेशम चौधरीको रिहाइका लागि किन्तु परन्तु नगरौँ : बाबुराम भट्टराई

रेशम चौधरीको रिहाइका लागि किन्तु परन्तु नगरौँ : बाबुराम भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०८० शनिवार • १०:०९:३० बजे
  • 478
    SHARES
  • रेशम चौधरीको रिहाइका लागि किन्तु परन्तु नगरौँ  : बाबुराम भट्टराई

    नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइ हुनु पर्नेमा जोड गरेका छन् ।

    images

    पूर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाइका बारेमा विवाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो । उनले नागरिकता विधेयक पनि प्रमाणीकरण हुनु पर्नेमा जोड गरेका छन् ।

    ‘रेशम चौधरी लगायतका टीकापुर थारु विद्रोहका नेताहरूलाई संविधान-कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौँको सङ्ख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन सांसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौँ,’ भट्टराईले भनेका छन्, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभुलौँ।’

  • सम्बन्धित विषय:

  • # डा. बाबुराम भट्टराई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology