Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जलहरीबारे प्रधानमन्त्रीले प्रष्ट पार्ने, सांसदकाे अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

जलहरीबारे प्रधानमन्त्रीले प्रष्ट पार्ने, सांसदकाे अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०८० शनिवार • ११:५०:५७ बजे
  • 448
    SHARES
  • जलहरीबारे प्रधानमन्त्रीले प्रष्ट पार्ने, सांसदकाे अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति

    पशुपतिनाथको जलहरीका विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्वोधन गर्ने सहमति भएको छ ।

    images

    शनिबार बिहान सिंहदरबारमा बसेको सत्ता पक्ष र प्रमुख विपक्षी दलको बैठकमा जलहरी विवादबारे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने र माओवादीका सांसदले दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सहमति भएको हो ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतीको जलहरीमा तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

    बैठकमा तीन दलका शीर्ष नेताबीच जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री ओली यसमा नजोडिने निष्कर्ष निकाल्दै सदन सुचारु गर्ने सहमति गरेको हो ।

    यस विषयमा प्रधानमन्त्रीले आजै सम्वोधन गर्ने र संसद सुचारु हुने सहमति भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।

    आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले आफ्ना सांसदहरुलाई अनुरोध गर्ने समेत सहमति भएको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology