Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सीमा क्षेत्र अनुगमनका लागि गृहमन्त्री दार्चुलामा

सीमा क्षेत्र अनुगमनका लागि गृहमन्त्री दार्चुलामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ९, २०७७ शुक्रवार • १६:४८:५७ बजे
  • 3.7K
    SHARES
  • सीमा क्षेत्र अनुगमनका लागि गृहमन्त्री दार्चुलामा

    नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा अवस्था बढाएपछि भारतले नेपाली सुरक्षाकर्मीको गतिविधिमा निगरानी थालेको छ ।

    images
    नेपाली सुरक्षाकर्मी जताजता जान्छन्, उतै उतै भारतीय सुरक्षाकर्मी जान थालेपछि नेपालले थप सतर्कता अप्नाउन थालेको छ ।

    सरकारले जिल्ला सदरमुकमामा सशस्त्र प्रहरीको गण राखेको भने लाली, जौलजिबी र दुम्लिङमा बिओपी स्थापना गरेको छ । छाङरुमा गुल्म स्थापना गरेर सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको एक सुरक्षा अधिकारीले बताएका छन् ।

    नेपालले जेठ महिनामा बीओपी कमाण्डर रहेका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा पहिलो पटक कौवा क्षेत्रमा गस्ती गरेको थियो।

    त्यसपछि भारतको गर्ब्याङमा रहेको एसएसबीको टोलीले महाकाली पारिबाट समानान्तर रूपमा सशस्त्र प्रहरीको गस्ती टोलीलाई पिछा गर्ने गरेको छ।

    यसैबीच सीमा क्षेत्रको अनुगमनका लागि गृहमन्त्री रामबहादुर थापा बादल आज दार्चुला पुगेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक र गृहसचिवसहित गृहमन्त्री थापा दार्चुलाको छाङरु पुगेका हुन् ।

    सशस्त्र प्रहरीको गुल्म भवनको शिलन्यास गरेर उनीसहितको टोली फर्किनेछ । उनीसँग गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालसहितको टोली दार्चुला गएको गृह मन्त्रालयले जनाएको छ ।

    टोलीले तिंकर, कौवा लगायत सीमा क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक नजिक पछिल्लो समय नेपालले उपस्थिति बढाउँदै लगेको छ । नेपाली भूमि भने भारतीय सुरक्षाकर्मीको कब्जामा छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology