Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालियो, कतिबेला मारिने हो ठेगान छैन : प्रधानमन्त्री

भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालियो, कतिबेला मारिने हो ठेगान छैन : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०८० शनिवार • १३:२४:४७ बजे
  • 1.1K
    SHARES
  • भ्रष्टाचारविरुद्धको लडाइँमा हाम फालियो, कतिबेला मारिने हो ठेगान छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको अभियान नरोकिने भएका छन् ।

    images

    प्रेस सेन्टरको १९औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै परिस्थिति आए पनि भ्रष्टाचार, विकृति र विसंगतिविरुद्धको अभियान नरोकिने बरु झन् चर्किने दाबी गरेका हुन् ।

    उनले भने, ‘हिजो जनयुद्ध सुरु गर्दा को कतिखेर मारिने थाहा थिएन । तर पनि हाम फालेका थियौँ । अहिले भ्रष्टाचार, विसंगतिविरुद्धको यो लडाइँ अघि बढाइएको छ ।

    अहिले थालिएको कदमले पनि कुन बेला एम्बुसमा परिने हो थाहा छैन । कुन बेला धरापमा परिन्छ, थाहा नभए पनि होमिएका छौँ। यो अभियान रोकिनेवाला छैन ।

    अब झन चर्किने छ ।’ प्रधानमन्त्री प्रचण्डले अबको केही समयभित्रै अझ ठूलठूला एक्सनहरु हुनेसमेत बताए । त्यो एक्सनले पार्ने तरंग पनि ठूलठूलो हुने उनको भनाइ छ ।

    अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् भने फरार १३ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology