Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भ्रष्ट्राचारविरुद्ध अभियान चलाउँदा सरकारलाई चौतर्फी घेराबन्दी भयो : सञ्चारमन्त्री शर्मा

भ्रष्ट्राचारविरुद्ध अभियान चलाउँदा सरकारलाई चौतर्फी घेराबन्दी भयो : सञ्चारमन्त्री शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०८० शनिवार • १३:५८:३५ बजे
  • 901
    SHARES
  • भ्रष्ट्राचारविरुद्ध अभियान चलाउँदा सरकारलाई चौतर्फी घेराबन्दी भयो : सञ्चारमन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् ।

    images

    प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारण सभा तथा २१औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा सरकार घेराबन्दीमा परेको बताएकी हुन् ।

    ‘विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौं, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौं । चुनौतीहरु अझ डरलाग्दा छन् । त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ,’ उनले थपिन् ।

    विगतमा हालीमुहाली गरेकाहरुले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै उनले सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिइन् ।

    सरकारको प्रवक्ता समेत रहेकी भएका शर्माले संसदमा सानो संख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको पनि बताइन् ।

    गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढंगबाट प्रचार गर्नुपर्ने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # सञ्चारमन्त्री शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology