Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारततर्फ बिजुली निर्यात सुरु

भारततर्फ बिजुली निर्यात सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०८० शनिवार • १४:११:५४ बजे
  • 388
    SHARES
  • भारततर्फ बिजुली निर्यात सुरु

    नेपाल विद्युत प्राधिकरणले भारततर्फ बिजुली बेच्न सुरु गरेको छ । वर्षायाम सुरु भएर नदीको वहाब बढ्न थालेसँगै आन्तरिक उत्पादन बढेपछि बढी भएको बिजुली भारततर्फ बेच्न थालिएको हो ।

    images

    प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले शुक्रबारदेखि भारततर्फ बिजुली बेच्न थालिएको बताए । उनले शुक्रबार भारतलाई ६०० मेगावाट आवर बिजुली बेचेको र आज भने निर्यात नभएको बताए ।

    केही समयअघिसम्म नेपालले भारतबाट दैनिक ४०० मेगावाटभन्दा बढी क्षमतामा बिजुली किन्दै आइरहेको थियो । तर, अचानक वर्षायाम सुरु हुँदा नदीको वहाब बढिरहेको छ ।

    यससँगै, ‘रन अफ दी रिभर’ आधारित आयोजनाबाट बिजुली उत्पादन बढेको छ । गर्मी याममा पानी नपर्दा र अत्याधिक गर्मी हुँदा बिजुलीको माग समेत बढ्ने गर्छ । तर, वैशाखदेखि नै निरन्तर भइरहेको वर्षातका कारण गर्मी समेत घटेको छ ।

    फलस्वरुपः उत्पादित बिजुलीले आन्तरिक माग धानेर निर्यात नै सुरु भएको हो । यद्यपि, वर्षात रोकिएमा पुनः आयात गर्नुपर्ने हुन सक्छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology