Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भ्रष्टहरूलाई नलखेटेसम्म विश्राम लिँदैनौं : लामिछाने

भ्रष्टहरूलाई नलखेटेसम्म विश्राम लिँदैनौं : लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०८० शनिवार • १८:२९:४३ बजे
  • 739
    SHARES
  • भ्रष्टहरूलाई नलखेटेसम्म विश्राम लिँदैनौं : लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकबाट भ्रष्टहरूलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका छन् । शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै मुलुकबाट भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताए ।

    images

    आफूमाथि जतिसुकै मुद्दा लगाए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचारविरुद्ध पार्टीको अभियान नरोकिने उनको भनाई छ । नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको भन्दै उनले सो कामलाई पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गरे । ‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढ्छौँ ।

    यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला, कत्रो सजाय भोग्नुपर्छ होला, मलाई थाहा छैन । तर, मलाई मतलब छैन । किन मतलब छैन भने नेपाली जनताले त्यसै भोट हालेका होइन ।

    भोट हाल्न नेता नभएर होइन । नेपाली जनतालाई जिन्दावाद भन्न अरू कुनै पार्टी नभएर होइन । नेपाली जनतालाई भोट हाल्नका लागि अरू कुनै चिह्न नभएर होइन,’ उनले भने, ‘नेपाली जनताले यो भ्रष्टाचारचाहिँ निर्मूल पार्नुपर्यो भनेर घण्टी बजाएका हुन् । नेता नभएर होइन । पार्टी नभएर होइन ।

    झन्डा नभएर होइन । चुनाव चिह्न नभएर होइन । यो कुरा हामीले बुझेका छौँ । त्यसकारणले जतिसुकै घेराबन्दी हुन्, जतिसुकै मुद्दा चल्दै गरून्, भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ । अरू विवाद हामी गर्दै गरौँला । अरू छलफल हामी गर्दै गरौँला ।’

    लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शंका लागेको बताएका छन् । सोही कारण संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गर्नुपरेको उनको भनाई छ । संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने पनि उनले बताए ।

  • सम्बन्धित विषय:

  • # रबी लामिछाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology