Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विश्वप्रकाशको व्यंग्य : झापाको भ्युटावरबाट सरकारले दूरबिन लगाएर सुुकुम्बासीको पीडा नियाल्न सक्छ

विश्वप्रकाशको व्यंग्य : झापाको भ्युटावरबाट सरकारले दूरबिन लगाएर सुुकुम्बासीको पीडा नियाल्न सक्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०८० शनिवार • १९:४४:२४ बजे
  • 709
    SHARES
  • विश्वप्रकाशको व्यंग्य :  झापाको भ्युटावरबाट सरकारले दूरबिन लगाएर सुुकुम्बासीको पीडा नियाल्न सक्छ

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको दमकमा भ्युटावर बनाइरहेका ठाउँमा पनि सुकुम्बासी रहेको स्मरण गराएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि शनिबार संसदमा भएको छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री शर्माले भने- ‘जब मान्छेलाई केन्द्रमा राख्छौं, गाउँमा पानीको धारा नपुगेको आँगनमा धारा जडान गर्न जाउँ भन्ने ठाउमा पुर्याउँछ, उनले भने, भौतिक प्रगतिको मात्र रटानले हामीलाई भ्युटावर बनाउन उक्साउँछ, मान्छे बिर्साउँछ ।’

    images

    एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा यो दमकमा भ्यूटावर निर्माण भइरहेको छ । ओलीको नाम नलिई कांग्रेस महामन्त्री शर्माले भने, ‘त्यो अग्लो भ्यूटावर बनिसकेपछि माथिबाट बर्षौदेखि दमकमा सुुकुम्बासी जीवन बिताइरहकाहरुको पीडालाई सरकारले दूरबिन लगाएर राम्रोसँग नियाल्न सक्नेछ ।’

    वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दमक, त्यहाँ बनिरहेको भ्यूटावर अनि, सुकुम्बासी सबैलाई बुझ्ने भन्दै झापा १ का सांसद शर्माले भने, ‘म आग्रह गर्न चाहन्छु, सरकारले सुकुम्बासीको हातमा धनीपुर्जा पुर्‍याओस् । अनि, दमकको चोकमा उभिएर घोषणा गरोस्, विकास भन्नु कसैका लागि भ्यूटावरको अट्ठाहस होला, हाम्रा लागि हातमा धनीपूर्जा बोकेर मुस्कुराइरहेका मानिस हो ।’

    बजेट ल्याउँदा नागरिकलाई केन्द्रमा राख्न सरकारलाई आग्रह गर्दै शर्माले मानिसलाई केन्द्रमा नराख्न हो भने समुन्नतीको उचाई हासिल गर्न नसक्ने बताए । भौतिक प्रगति मात्रको रटानले नीति तथा कार्यक्रममा खोइ पानी जहाज भन्ने प्रश्नमा पुर्याउने उनको भनाई छ ।

    महामन्त्री शर्माले भने, ‘म सम्झिन्छु, मेरो जिल्ला झापामा भ्यूटावर खडा गर्न मेरो देशको सरकारले डेढ अर्ब रुपैयाँ छुट्याउदै गर्दा मेरो देशकै धनुषामा डेढ सय रुपैयाँको स्लाइन पानी लगाउन नपाएर राजु सदा नाम गरेको नागरिकको मृत्यु भइरहेको थियो आज म यो संसदमा सभामुखलाई सोधु कि प्रधानमन्त्रीलाई सोधुँ कि तत्कालीन प्रधानमन्त्रीलाई सोधुँ, सूर्यबहादुर तामाङलाई चिन्नुहुन्छ भनेर ।’

    सरकारले भोकले कोही मर्नुपर्ने छैन भनिरहेका बेला कोरोना महामारीका बेला कीर्तिपुरको सडक पेटीमा सूर्यबहादुर तामाङले भोककै कारण ज्यान गुमाएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology