Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्यटक आगमन बढेसँगै १९० प्रतिशतले राजस्व बढ्यो

पर्यटक आगमन बढेसँगै १९० प्रतिशतले राजस्व बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १४, २०८० आइतवार • १८:२५:२८ बजे
  • 466
    SHARES
  • पर्यटक आगमन बढेसँगै १९० प्रतिशतले राजस्व बढ्यो

    पछिल्लो समय विदेशी पर्यटकहरुको आगमन बढेसँगै पर्यटन राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको छ । नेपाल सरकारका अनुसार सन् २०२२ मा पर्यटनतर्फको राजस्व मात्र १९० प्रतिशतले वृद्धि भएको हो ।

    images

    कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै जाँदा सन् २०२२ मा ६ लाख १४ हजार ८ स य ६९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

    यो स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेकको तथ्याङ्क हो । सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड–१९ महामारीका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो।

    यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई राजस्व समेत ४६ अर्ब ७६ करोड रुपैयाँ उठेको सरकारले जनाएको छ । सन् २०२२ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकमध्ये सबैभन्दा बढी ६४.७ प्रतिशत पर्यटकले बिदा/मनोरञ्जन/यात्राको लागि भ्रमण गरेका थिए।

    यसैगरी, १२.९ प्रतिशत तीर्थयात्रा, १०.० प्रतिशत पर्वतारोहण/साहसिक यात्रा र १२.४ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका थिए। नेपालका पर्यटकीय गन्तव्यमध्ये लुम्बिनी प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहँदै आएको छ । कोभिड–१९ को असर कम हुँदै गएसँगै लुम्बिनी भ्रमण गर्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ।

    सन् २०२२ मा लुम्बिनी भ्रमण गर्नेमध्ये नेपाली ६ लाख ४९ हजार, भारतीय २ लाख ३१ हजार र अन्य मुलुकका २४ हजार गरी ९ लाख ४ हजार रहेका छन्।

    सन् २०२२ मा आएका पर्यटकमध्ये भारतबाट ३४.१ प्रतिशत, अमेरिकाबाट १२.५ प्रतिशत, बेलायतबाट ७.३ प्रतिशत, अष्ट्रेलियाबाट ४ं.४ प्रतिशत, बङ्गलादेशबाट ४.१ प्रतिशत र अन्य मुलुकहरुबाट ३७.६ प्रतिशत पर्यटक आएको सरकारले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology