Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रेशम चौधरीसहित १९ जनालाई आममाफी

रेशम चौधरीसहित १९ जनालाई आममाफी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १४, २०८० आइतवार • १९:४०:३० बजे
  • 694
    SHARES
  • रेशम चौधरीसहित १९ जनालाई आममाफी

    राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीसहित १९ जनालाई कैद सजाय माफी दिएका छन् ।

    images

    आइतबार मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा रेशम चौधरीलगायत १९ जनालाई आममाफी र ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका छन् ।

    सजाय माफी पाएकाहरू सोमबार गणतन्त्र दिवशको अवसरमा रिहा हुनेछन् । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।

    रेशम चौधरी २०७२ साल भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्र्मी एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा चोधरी जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए ।

    r1.jpg

  • सम्बन्धित विषय:

  • # १९ जनालाई आममाफी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology